भजनीमा जलबायु परिवर्तनले खेतीबालीमा समेत असर गर्न थालेपछि कैलालीमा जलवायू अनुकुलन कृषक पाठशाला कार्यक्रम सञ्चालन भएको छ। मोहनपुरमा जलवायु अनुकूलन कृषक पाठशाला कार्यक्रम सम्पन्न भएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले कार्यक्रम गरेको थियो । कार्यक्रम भजनी नगरपालिका भित्रका ९०जना कृषकहरूको सहभागिता रहेको थियो ।भजनीको वडा नम्बर २ मोहनपुरमा परियोजनाले कार्यक्रम गरेको थियो । पाठशाला कार्यक्रममा हिउँदे तथा वर्षा कारणले असर गर्ने वाली तरकारी खेतीमा अभ्यास गरीएको थियो । कृषक पाठशालामा बोल्दै माननिय सभासद गंगा राम चौधरीले आफूले जलवायु परिवर्तनका करण मौसम पूर्वअनुमान गरी खेतीका विभिन्न क्रियाकलापहरू गर्ने, खेती गर्ने बेलादेखि नै हुने सम्भावित जलवायु परिवर्तन र त्यसका अनुकूलनका उपायहरूका बारेमा जानकारी र खेती प्रविधि बारेमा सिकेकोे कुरा बताउनु भयो।
कार्यक्रममा पाठशालाका सदस्यहरूले प्रगति प्रस्तुति, नाटक प्रस्तुत र गीतका माध्यमबाट पाठशालामा गरेका क्रियाकलापहरु प्रस्तुत गरेका थिए । कार्यक्रम मोहनपुर जलवायु कृषक पाठशाला अध्यक्ष फागुरानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्षेत्र नं ३ का मनानिन गंगा राम चौधरी रहनु भएको थियो। दिगो विकास समाज भजनीका परियोजना अधिकृत विनोद शाह पाठशाला सहजकर्ता वासमती चौधारी,को उपस्थिति रहेको थियो। पाठशालाको स्वागत् मन्तव्य बाल कुमारी चौधरीले गर्नु कार्यक्रमको सञ्चालिका पतरानी चौधरीले गरेकी थिइन्।