शिलबन्दी कोटेशन आहबान सम्बन्धी सुचना ।

प्रथम पटक प्रकाशित मिति २०८१।०७।१०

दिगो विकास समाज भजनी १ कैलाली समुदायमा आधाारित संस्थाहरुको (सि.वि.ओ) छाता संगठन हो यो संस्था विगत १७ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गर्दै आइरहेकोछ । हाल संस्था र वल्र्ड भिजन इन्टरनेशनल नेपाल ९ध्ख्क्ष्ल्० को साझेदारीमा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना(NRL)/PIPER अन्तरगत विभिन्न कार्यक्रमहरु संचालनको लािग आ.व. २०२४÷२०२५ को लागि तल उल्लेखित अनुसुची अनुसार बस्ता तथा सामाग्रीहरु खरिद गर्न एक वर्षको दिर्घकालिन सम्झौता ९ीयलन त्भचm ब्नचभझभलत० गरि आवश्यकता अनुसार पटक पटक गरी खरिद गर्नुपर्ने भएकोले तपसिलमा उल्लेखित वस्तु तथा सामाग्रीहरु उपलब्ध गराउन सक्ने फर्महरुले तपसिलमा उल्लेखित शर्त पुरा गरी शिलबन्दी कोटेशन आहवान गरिन्छ ।

शिलबन्दी कोटेशन सम्बन्धि शर्तहरु :

१. शिलबन्दी कोटेशनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु

  • करचुक्ताको प्रमाण पत्र (२०८०।२०८१) को प्रतिलिपि वा म्याद थप गरेको प्रमाण पत्र
  • भ्याट प्रमाण पत्रको प्रतिलिपि
  • व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • आशय पत्रको फारम भरेर हस्ताक्षर र छाप लगाई पेश गर्नृपर्ने ।
    • Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर छाप लगाउनु पर्ने

२.छनौटका आधारहरुः

२.१ न्युनतम माप दण्ड भित्रको आधिकारीक कागजातहरु सहित वस्तुको मुल्य र गुणस्तरको आधारमा छनौट गरिनेछ ।

  • माग गरिएको वस्तु तथा सामाग्रीहरुको विवरण तल उल्लेखित अनुुसुचीमा स्पेशिफिकेशन सहित व्यवस्था गरिएको छ ।

३. माग गरिएको वस्तु तथा सामाग्रीहरुको विवरण तल उल्लेखित अनुुसुचीमा स्पेशिफिकेशन सहित व्यवस्था गरिएको छ ।

अनुसुची १, अनुसुची २ र अनुसुची ३ मा वस्तु वा सामाग्रीको विवरणहरुको वर्गिकरण अनुसार काम गर्न अधिकार प्राप्त फर्म वा सप्लायर्सहरुले कोटेशन पेश गर्न सक्नेछ ।

४. कोटेशनसँगै आवश्यक कागजातहरुमा हस्ताक्षर र छाप लगाई शिलबन्दी कोटेशन संस्थाको कार्यालयमा आई दर्ता गराउनु पर्ने छ अथवा ईमेल द्धारा पठाउदा PDF पासवड राखी पठाउनु पर्नेछ ।

५. सामाग्रीहरुको गुण, विशेषता, वा विशिष्टिकरण र प्रति एकाई मुल्य अनिवार्य रुपमा खुलाउनु पर्नेछ । प्रति इकाई मुल्य र परिमाणको गुण र जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । प्रति इकाई मूल्यमा केरमेट भएमा सही छाप लगाउनु पर्नेछ ।

मिति २०८१।०७।२४ गते दिउसो ४ बजे भित्र दिगो विकास समाज भजनी १ कैलाली को कार्यालय वा इमेल

scm.dbs@gmail.com PDF बनाई पासवर्ड राखि पठाउनु पर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन को ४ बजे भित्र पेश गरिसक्नुपर्ने छ ।

Documents are Here:

थप जानकारीका लागि

दिगो विकास समाज, भजनी १ कैलाली

फोन नं.: ०९१– ५८०२१४ / ९८४८०२३७५०