घोडाघोडीमा मूल्य श्रृखला विश्लेषण प्रगति समीक्षा कार्यक्रम सम्पन्न

आइतबार, वैशाख ७, २०८२

घोडाघोडीमा मूल्य श्रृखला विश्लेषण प्रगति समीक्षा कार्यक्रम सम्पन्न

सुखड,वैशाख ०७ गते ।  कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा मूल्य श्रृखला विश्लेषण प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना मार्फत शुक्रवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मूल्य श्रृखला विश्लेषणको प्रगति समीक्षा समेत गरिएको थियो ।

परियोजनाले बालबालिकाको पोषण सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ । त्यसका साथै सुधारिएको खाद्य सुरक्षा र पोषणमा परिवारहरूको पहुँच बढेको,परिवारको आम्दानी वृद्धि भई उत्थानशीलता भएको परियोजनाले जनाएको छ । दिगो विकास समाज भजनीका कार्यक्रम संयोजक प्रभु ढकालले मूल्य श्रृखला विश्लेषण अन्तर्गत हाल सम्म भएको प्रगति विवरण कार्यक्रममा प्रस्तुत गरेका थिए ।

विभिन्न ताजा तरकारी समूहमा आबद्ध कृषकहरूले पहिले भन्दा अहिले राम्रो आम्दानी गरिरहेको उनले बताएका थिए । विगत केही वर्ष देखी दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले  गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका भित्रकामा काम गरिरहेको छ । कार्यक्रममा स्थानीय बजार सहजकर्ताहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेको थिए । कार्यक्रममा वडा नम्बर  १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझा,पालिकाका शाखा प्रमुखहरू, विकास समाज भजनीका कार्यक्रम संयोजक प्रभु ढकाल, जगत राज भाट, छेदुलाल चौधरी लगायत विभिन्न व्यक्तिहरूको सहभागी रहेको थियो । कार्यक्रमको सञ्चालन दिगो विकास समाज भजनीका कमल खनालले गरेका थिए ।