प्रथम पटक प्रकाशित मिति: २०८२/१२/२४
दिगो विकास समाज भजनी–१, कैलाली जिल्लामा क्रियाशील गैर नाफामूलक समुदायमा आधारित संस्था हो। यो संस्था विगत १५ वर्षदेखि विभिन्न साझेदार संस्था र सरकारी निकायहरूसँग समन्वय गर्दै जीविकोपार्जन, लैंगिक समानिकरण, सामाजिक समावेशीकरण तथा वातावरणीय क्षेत्रमा कार्य गर्दै आइरहेको छ। हाल Save the Children तथा World Vision International Nepal (WVIN) को साझेदारीमा संचालित कार्यक्रम अन्तर्गत एकीकृत विकास लागि हातेमालो परियोजना संचालन भइरहेको छ। आ.व. २०८२ अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालनका लागि तल उल्लेखित अनुसार वस्तु तथा सामग्री खरिद सम्बन्धी (Long Term Agreement) का लागि योग्य आपूर्तिकर्ताहरूबाट सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ।
दरभाउपत्र पेश गर्न इच्छुक फर्म/कम्पनीहरूले मिति २०८२/१२/३० गते भित्र उल्लेखित शर्तहरू पूरा गरी सिलबन्दी दरभाउपत्र आवेदन बुझाउनु पर्नेछ।
सिलबन्दी दरभाउपत्र सम्बन्धी शर्तहरू:
१. सिलबन्दी कोटेशनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:
- आवेदन फाराम भरेर प्रत्येक पानामा हस्ताक्षर र छाप लगाई पेश गर्नुपर्ने।
- प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि।
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि।
- फर्म संचालन तथा नवीकरण लाइसेन्स वा इजाजत आवश्यक पर्ने भएमा सो प्रमाणपत्रको नवीकरण प्रतिलिपि।
- कर चुक्ता प्रमाणपत्र (२०७९/८०) को प्रतिलिपि।
- फोटो तथा वस्तुहरूको Catalog जानकारी (विद्युतीय उपकरण, गाडी तथा मेसिनको हकमा मात्र)।
- Suppliers Code of Conduct प्रत्येक पानामा छाप लगाउनु पर्ने।
- कालो सूचीमा नपरेको स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर गरिएको।
२. छनोटका आधारहरू:
२.१ विवरण वस्तु, सेवा तथा सेवाको गुणस्तर, सामग्रीको उपलब्धता, वारेन्टी सुविधा, कम्पनी तथा फर्म दर्ता तथा नवीकरण प्रमाणपत्र, विद्युतीय उपकरण तथा मेसिनको हकमा वारेन्टी, सोको Catalog फोटो जानकारी, संस्थाले उपलब्ध गराएको प्रत्येक फाराम पूर्ण र स्पष्ट रूपमा भर्नुपर्ने।
३. अनुसूची १, २ र ३ मा उल्लेखित विवरण अनुसार वस्तु वा सामग्रीको खरिद बिक्री गर्न अधिकार प्राप्त फर्म वा कम्पनीले कोटेशन पेश गर्न सक्नेछन्।
- अनुसूची १: Vegetable Seeds Package
- अनुसूची २: Plants
- अनुसूची ३: Hardware
Form and formats:
- RFQ Form
- EOI
- Self-Declaration
- Supplier Code of Conduct
४. आवेदनमा आवश्यक कागजातहरूमा हस्ताक्षर र छाप लगाई सिलबन्दी कोटेशन संस्थाको कार्यालयमा आई दर्ता गराउनु पर्नेछ अथवा ईमेलमार्फत पठाउनु पर्नेछ।
५. सामग्रीको गुण, विशेषता र प्रति एकाई मूल्य, सामग्री आपूर्ति हुन लाग्ने समय आदि अनिवार्य रूपमा खुलाउनुपर्नेछ। प्रति इकाई मूल्यमा ढुवानी, गुणस्तर र जोड्नुपर्ने करसमेत समावेश गरिएको हुनुपर्नेछ।
६. सिलबन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगाना
मिति: २०८२/१२/३० गते दिउँसो ५ बजे सम्म दिगो विकास समाज भजनी १ कैलालीको कार्यालय वा इमेल scm.dbs@gmail.com मा PDF बनाई पठाउन सकिनेछ। यदि अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिको पहिलो दिन कार्यालय समय भित्र पेश गर्नुपर्नेछ।
७. सिलबन्दी कोटेशन उपर पर्ने अधिकार संस्था निमित्त रहनेछ।
नोट: संस्थाले अनुसूची १ मा उल्लेख भए बमोजिम भन्दा बढी सामग्री पनि आवश्यक पर्न सक्ने भएकोले खरिद प्रक्रिया पश्चात कम्तीमा पनि १ वर्षसम्मका लागि सम्झौता गर्न सक्नेछ।
थप जानकारीका लागि:
दिगो विकास समाज, भजनी १ कैलाली
फोन नं.: ०९१-५४०७९४