मिति २०८२।०४।२१
दिगो विकास समाज भजनी–१, कैलाली समुदायमा आधाारित (सि.वि.ओ) संस्थाहरुको छाता संगठन हो । यो संस्था विगत १९ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गर्दै आइरहेको छ । संस्थाले प्रत्येक आर्थिक वर्षमा लेखापरीक्षण (Statutory Audit) गराउँदै आएको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षण कार्यसेवा सम्पन्न गर्नको लागि प्राविधिक रूपमा दक्ष योग्य तथा अनुभवी सम्बन्धित नियामक निकायमा दर्ता भएको चार्टर्ड अकाउन्टेन्स फर्महरू÷व्यक्तिगत परामर्शदाताहरूलाई निम्न विवरणहरू सहित सिलबन्दी प्रस्तावना (Technical & Financial Proposal) उल्लेख गरिएको मिति भित्र यस कार्यालयमा आईपुग्ने गरी उपलब्ध गराई सहयोग गरि दिन हुन अनुरोध गरिन्छ । पेश भएका प्रस्तावना पत्र मध्ये तपसिल अनुसार मापदण्ड (Criteria) पुगेका फर्म तथा परामर्शकर्तालाई छनौट गरिने जानकारी गराउँदै यसै पत्र साथ अनुसुचीहरु संलग्न राखिएको अवगत गरिन्छ ।
तपशिल ः
# Consultant for Statutory Audit 2082
प्रस्ताव पेश गर्दा समावेश गरिनुपर्ने कागजातहरूः
फर्मको दर्ता प्रमाणपत्र (Firm Registration Certificate)
संस्था÷फर्मको नवीकरण प्रमाणपत्र (Renewal Certificate)
स्थायी लेखा नम्बर (-PAN/VAT प्रमाणपत्र)
करचुक्ताको प्रमाण पत्र (२०८०।२०८१) को प्रतिलिपि
सम्बन्धित निकायहरूमा दर्ता प्रमाण (ICAN, अन्य निकायहरूमा भएको भए)
पछिल्ला तीन वर्षको लेखापरीक्षण अनुभव विवरण
प्रस्तावित कार्य पद्धति (Methodology)
परामर्शकर्ता छनौटका मापदण्डहरु (Criterias) ः
प्राविधिक दक्षता, सेवाको गुणस्तर, विशेषता वा विशिष्टिकरण तथा सम्बन्धित सेवाबारे अनुभव (ToR बमोजिम) ।
सेवा उपलब्ध हुने समयावधी, अन्य सुविधा, फर्म दर्ता तथा नविकरण प्रलेखहरु ।
प्रति एकाई लागत मुल्य र प्रस्तावनासँगै संलग्न अनुसुचीहरुमा विबरण भरी अनिबार्य हस्ताक्षर र छाप लगाई शिलबन्दी पेश गरेको ।
शिलबन्दी प्रस्तावनाको सर्तहरुः
आर्थिक प्रस्तावना पत्रमा सेवाहरुको लागत मूल्य अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ, अन्यथा प्रस्तावना पत्र रद्द हुनेछ ।
मिति (समयावधि) नाघेका प्रस्तावनालाई समावेश गराईने छैन ।
प्रस्तावना पत्रमा प्रष्ट रुपमा बुझिने गरि महत्वपुर्ण सुचना तथा जानकारीहरु, आधिकारिक व्यक्तिको नाम र हस्ताक्षर साथै फर्मको अनिवार्य छाप भएको हुनुपर्नेछ ।
आशय पत्रको फारम भरेर हस्ताक्षर र छाप लगाई अनिवार्य बुझाउनु पर्ने छ ।
Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर छाप लगाई अनिवार्य बुझाउनु पर्ने छ ।
स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर लगाई अनिवार्य बुझाउनु पर्ने छ ।
संस्थाले भुक्तानी गर्दा सेवा प्राप्त भएको ५ दिन देखि १० दिन भित्रमा सम्बन्धित खातामा मात्र भुक्तानि गर्ने छ ।
नेपाल सरकारको नियमअनुसार लाग्ने कर कट्टी गरिनेछ ।
शिलबन्दी प्रस्तावना पुर्ण वा आशिक रुपमा रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
शिलबन्दी प्रस्तावना पत्र पठाउने अन्तिम मिति र ठेगाना
मिति २०८२/०४/२१ गते देखि २०८२/०४/२७ गते कार्यालय समय साँझ ५ बजे भित्र दिगो बिकास समाज भजनी १ कैलालीको कार्यालय वा इमेल scm.dbs@gmail.com / pccomitteedbs@gmail.com PDF बनाई पासवर्ड राखि पठाउनु पर्नेछ । साथै इमेलवाट पेश गर्ने आवेदकले सोहि समय भित्र पेश गरिसक्नु पर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिनको ५ बजे भित्र पेश गरिसक्नुपर्ने छ ।
Download Aplication Forms
थप जानकारीका लागि
खरिद समिति
दिगो विकास समाज, भजनी १ कैलाली
फोन नं. ०९१– ५८०२१४/९८०४६४९५०३