सामुदायिक अगुवा बडघर, भल्मन्साहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

कैलाली जोशीपुर, बैसाख ०७ गते, जोशीपुर गाउँपालिका १, जोशीपुरमा दिगो विकास समाज भजनी र लुथरन वल्र्ड फेडेरेसनको साझेदारीमा संचालित ग्रामिण महिला सशक्तिकरण तथा अधिकार प्रर्वद्धन परियोजना अन्तरगत सामुदायिक अगुवा बडघर, भल्मन्साहरु संग अन्तरक्रिया कार्यक्रम जोशीपुर गाउँपालिकाको सम्पूर्ण वडा भित्रका भलमन्सा र बडघरको उपस्थितिमा सम्पन्न भएको हो ।


कार्यक्रममा सामुदायमा भईरहेको लैंगिक हिंसा न्यूनिकरण तथा लैंगिक र लैंगिकता मूल्य मान्यताहरुबारे छलफल भएको थियो । सो कार्यक्रममा ३ जना महिला बडघर र १८ जना पुरुष बडघरको उपस्थिति रहेको थियो ।
गाउँ समाजमा रहेको विभिन्न किसिमका हिंसाहरु न्यूनीकरणका लागि समुदायको अगुवाहरुको पनि महत्वपूर्ण भूमिका रहेकोले सबै बडघरहरुले त्यस सम्बन्धी कार्य गर्ने भनेर प्रतिवद्धता समेत गरेका छन् ।
कार्यक्रमलाई दिगो विकास समाजका परियोजना सहयक श्री बासु देव चौधरीले गर्नु भएको हो ।