कैलालीको भजनीमा कृषि उत्पादन बढाउन महिला मैत्री किसानलाई स्मार्ट अनुदान कार्यक्रम सामग्री वितरण गरिएको छ । भजनी नगरपलिका वडा नं १,२,३,५,७ र टीकापुर नगरपालिका वडा नं ६,७,८,९ का किसानलाई स्मार्ट अनुदान सामग्री वितरण गरिएको हो । स्मार्ट अनुदान कृषि सामाग्री वितरणमा ९ जना कृषकलाई मिनी टीलर, २२ जनालाई प्लास्टिक टनेल, १५ जना कृषकलाई स्प्रे ट्याङ्की, ६जना कृषकलाई पराल काट्ने मेसिन,५जना कृषकलाई, ५जना कृषकलाई ग्रीन नेट, २८ थान फलामे पाइप, २४जना कृषकलाई पानी मोटर, ८जना कृषकलाई बोरिङ्ग सेट,तरकारी बजारीकरणका लागि १६ जना कृषकलाई ई.तराजु र बजारीकरणका लागि २जना कृषकलाई ठेला गाडा वितरण गरिएको छ ।
त्यसैगरी उत्पादन समूहहरुको उत्पादन बढाई व्यवसाय रूपमा परिणत गरी सम्रग समुदायको कृषि समस्या,सिंचाई, खनजोत,बैमैसमी तकारी खेती जस्ता समस्याहरुलाई न्यूनीकरण तथा समाधान गरी खाद्यान्न सुरक्षा र महिला आर्थिक सशक्तीकरण गरी त्यस समुदायमा रहेका विपन्न परिवारहरुका बालबालिकाहरुको शिक्षा,स्वास्थ्य पोषणमा सुधार तथा उत्थानशीलका लागि महिला मैत्री कृषि सामग्रीहरू पोषण तथा उत्थानशील जिविकापार्जन परियोजनाअन्तर्गत स्मार्ट अनुदान कार्यक्रम बाट वितरण गरिएको परियोजना अधिकृत विनोद शाहले बताउनु बताउनुभयो । उक्त महिला मैत्री कृषि सामग्रीमा लागत खर्च २३लाख बराबरको सामाग्री वितरण गरिएको छ।उक्त वितरण कार्यक्रमका दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख केवल चौधरी,वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,वडा सदस्य राजेश चौधरी दिगो विकास समाजका सह निर्माता सचिव धनी राम राजी,कार्यकारी निर्देशक लक्ष्मी दत्त भट्ट,परियोजना अधिकृत विनोद शाह र कृषक समुहहरुको उपस्थित रहेको थियो। दिगो विकास समाज भजनी१कैलालीको आयोजना तथा वर्ल्ड भिजन नेशनल नेपालको साझेदारीमा संचालित पोषण तथा उत्थानशील जिविकापार्जन परियोजनाअन्तर्गत उक्त कार्यक्रममा किसानलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख केवल चौधरीले कृषिमा व्यावसायिकता बढाएर र कृषि उत्पादन बढाएर आर्थिक उपार्जन गर्न आधुनिक सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कृषिलाई व्यवसाय उन्मुख बनाउन उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।वितरण कार्यक्रम संचालक खुशी राम चौधरीले गर्नु भएको कार्यक्रमको सहजीकरण प्रेम पाण्डे र प्रेमा विकले गर्नु भएको थियो।