बोलपत्र दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

मिति: २०८३।०२।२२

दिगो विकास समाज भजनी–१, कैलाली कैलाली जिल्लामा क्रियाशील गैर नाफामूलक समुदायमा आधारित (CBO) संस्थाहरूको छाता संगठन हो । यो संस्था विगत १९ वर्षदेखि विभिन्न साझेदार संस्था र सरकारी निकायसँगको साझेदारीमा दिगो जीविकोपार्जन, लैंगिक सामाजिक समावेशीकरण तथा बाल समृद्धिका क्षेत्रमा सहकार्य गर्दै आइरहेको छ । हाल वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) को साझेदारीमा सञ्चालित बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो तथा पाइपर परियोजना २०२६ अन्तर्गत विभिन्न Alternative Business Support तथा प्लास्टिक फोहोर संकलनहरूनलाई सामग्री सहयोग गर्ने क्रियाकलाप सञ्चालन गर्ने भएकाले तल उल्लेखित अनुसूची अनुसारका सामग्रीहरू आपूर्ति गर्न सम्झौता (Agreement) गरी गर्नुपर्ने भएकाले सूचना प्रकाशन भएको मिति २०८३।०२।२२ देखि अन्तिम मिति २०८३।०२।३१ कार्यालय समय ५ बजे सम्म इच्छुक तथा योग्य फर्महरूबाट तपसिलमा उल्लेखित शर्तहरू पूरा गरी बोलपत्र दरभाउ पत्र पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ ।


बोलपत्र दरभाउ पत्र सम्बन्धी शर्तहरू:

१. बोलपत्र कोटेशनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:

  • आवेदन पत्र फारम भरेर प्रत्येक पानामा हस्ताक्षर र छाप लगाई पेश गर्नुपर्ने ।
  • प्यान तथा भ्याट प्रमाण पत्र, व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
  • फर्म सञ्चालन तथा बिक्री वितरणका लागि लाइसेन्स वा इजाजत आवश्यक पर्ने भएमा सो प्रमाण पत्रको नविकरण प्रतिलिपि ।
  • कर चुक्ता प्रमाण पत्र (२०८१।२०८२) को प्रतिलिपि ।
  • फोटो वारेन्टी सहितको Catalog जानकारी (विद्युतीय उपकरण, गाडी तथा मेसिनको हकमा मात्र) ।
  • आवेदनपत्र तथा Suppliers Code of Conduct पढेर बुझेको हस्ताक्षर सहित प्रत्येक पानामा छाप लगाउनुपर्ने ।
  • कालो सूचीमा नपरेको स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर गरेको ।

छनौटका आधारहरू:

  • किफायती दररेट, वस्तु तथा सेवाको गुणस्तर, सामग्रीको उपलब्धता, ढुवानी सुविधा, कम्पनी तथा फर्म दर्ता तथा नविकरण प्रमाणहरू, विद्युतीय उपकरण तथा मेसिनको हकमा वारेन्टी, सोको Catalog फोटो जानकारी, संस्थाले उपलब्ध गराएको प्रत्येक फारम पूर्ण र स्पष्ट रूपमा अनिवार्य भरेको ।
  • अनुसूची १, २, ३, ४ र ५ मा उल्लेखित विवरण अनुसार वस्तु वा सामग्रीको खरिद बिक्री गर्न अधिकार प्राप्त फर्म वा कम्पनीले कोटेशन पेश गर्न सक्नेछन् ।
  • कोटेशनसँगै आवश्यक कागजातहरूमा हस्ताक्षर र छाप लगाई बोलपत्र कोटेशन संस्थाको कार्यालयमा आई दर्ता गराउनुपर्ने छ अथवा इमेलद्वारा पठाउँदा PDF बनाई पासवर्ड राखी पठाउनुपर्नेछ ।
  • सामग्रीको गुण, विशेषता र प्रति इकाई मूल्य, सामग्री आपूर्ति हुन लाग्ने समय आदि अनिवार्य रूपमा खुलाउनुपर्नेछ । प्रति इकाई मूल्य र परिमाणको गुणनमा र जोडमा फरक परेमा प्रति इकाई मूल्यलाई मान्यता दिइनेछ । प्रति इकाई मूल्यमा केरमेट भएमा सही छाप लगाउनुपर्नेछ ।

Form and formats:

  1. Expression of Interest
  2. Self-Declaration
  3. Supplier Code of Conduct
  4. RFQ Form Annex 1 Tailoring
  5. RFQ Form Annex 2 Agri Hardware
  6. RFQ Form Annex 3 Cycle
  7. RFQ Form Annex 4 Electronics Item
  8. RFQ Form Annex 5 Agri Input

६. बोलपत्र कोटेशन पठाउने अन्तिम मिति र ठेगाना:

मिति: २०८३।०२।३१ गते दिउँसो ५ बजे सम्म
दिगो विकास समाज भजनी–१, कैलालीको कार्यालय वा इमेल pc_committee@dbskailali.org मा PDF बनाई पासवर्ड राखी पठाउनुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन कार्यालय समय भित्र पेश गर्नुपर्नेछ ।


७. बोलपत्र कोटेशन पूर्ण वा आंशिक रूपमा रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।


थप जानकारीका लागि:

दिगो विकास समाज, भजनी–१, कैलाली
फोन नं.: ०९१–५८०२१४, ९८०४६४९५०३