deadline : Oct 11, 2022
आवश्यकता । आवश्यकता ।। आवश्यकता ।।।
प्रथम पटक सुचना प्रकाशित मिति ः २०७९ असोज ११
दिगो विकास समाज, भजनी कैलाली समुदायमा आधारीत संस्थाहरुको छाता संगठनको रुपमा वि.सं २०६३ सालमा विधिवत रुपमा स्थापना भई कार्यरत एक मुनाफा रहित गैर सरकारी संस्था हो । स्थापनाकाल देखी नै विभिन्न दातृ संस्थासँगको साझेदारीतामा विभिन्न परियोजनाहरु संचालन गर्दै आइरहेको छ ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जिल्लाका भजनी, टिकापुर, गौरीगंगा, कैलारी, घोडाघोडि नगर÷गाउँपालिकाहरुमा पोषण उत्थानशिल र जिविकोपार्जन कार्यक्रम (Nutrition Resilient Livelihood ) संचालन गर्दै आइरहेको छ । यस कार्यक्रमले आफ्नो कार्यक्षेत्रमा भएका समुह, समुदाय तथा विपन्नवर्गको जिवनयापनको स्तरमा सुधार गर्नका लागि कार्य गरिरहेको छ । हाल सो कार्यक्रम कार्यान्वयनको लागि यस दिगो विकास समाजलाई तपशिल अनुसारको कर्मचारी आवश्यकता भएकोले तपशिलको योग्यता पुगेका नेपाली नागरीकवाट दरखास्त आब्हान गरीएको छ ।
१. विज्ञापन नं. ः०१/०७९/०८०
२. पद ः फिल्ड परिचालक
३. जम्मा माग पद संख्या ः १ (एक)
४. कार्यअवधि ः अक्टोवर २०२२ देखी सेप्टेम्वर २०२३ सम्म (कार्यसम्पादन तथा स्रोतको आधारमा कार्यअवधि थपघट हुन सक्ने साथै ३ महिनाको परिक्षणकाल हुनेछ)
५. सेवा तथा सुविधा ः संस्थाको नियमानुसार हुनेछ ।
मुख्य जिम्वेवारी ः
. फिल्ड स्तरमा समुह गठन÷पुर्नगठन गरि समुह परिचालन गर्ने,
. उत्पादक समुहमा क्ध्इच् लेखाजोखा गरी मुल्य श्रृखला विश्लेषण मार्फत उत्पादक समुहलाई सहयोग गर्ने ।
. उत्पादक समुहको मासिक वैठक आयोजना गरि वचत तथा ऋण परिचालनको लागि आवश्यक सहजीकरण गर्ने ।
. प्रत्येक उत्पादक समुहलाई मासीक रुपमा निरन्तर भेटघाट तथा छलफलको माध्यमद्धारा उत्पादकत्व र ब्यवसायीकरण गर्नमा सहयोग तथा सहजीकरण गर्ने ।
. उत्पादक समुहहरुको मासीक प्रगती समिक्षा गरि उत्पादनको प्रगती प्रतिवेदन पेश गर्ने ।
. उत्पादक समुहको तथ्याकंहरु अद्यावधिक गर्ने ।
. दर्तावाला वालवालिकाहरुको निरन्तर अनुगमन तथा सहयोग गर्ने साथै समुदायसँगको परामर्श वमोजिम अति जोखीममा रहेका वालवालिकाहरुको पहिचान गरि सहयोगका लागि सहजीकरण गर्ने ।
. सहयोग गरेका दर्तावाला वालवालिका र उनीहरुका परिवारमा भएको परिवर्तनको केश स्टोरी तयार गर्ने ।
. तालिम संचालन तथा सहजीकरण, कृषकले लगाएका वालीनालीहरुको रेखदेख गरि उचित सल्लाह सुझाव प्रदान, गरि स्थानिय निकायसँग प्रभावकारी समन्वय गर्ने ।
आवश्यक शैक्षिक योग्यता, अनुभव तथा सम्वन्धित कार्यमा दक्षता ः
. मान्यता प्राप्त शैक्षिक संस्थावाट जे.टि.ए उतिर्ण गरि कृषि उत्पादन÷वजारीकरण र वजार प्रवद्र्धन सम्वन्धि २ वर्षको कार्यअनुभव भएको वा १०+२ उतिर्ण गरि कृषि उत्पादन÷वजारीकरण र वजार प्रवद्र्धन सम्वन्धि ३ वर्षको कार्यअनुभव भएको वा क्ष्।क्ऋ। ब्न। उर्तिण गरि कृषि उत्पादन÷वजारीकरण र वजार प्रवद्र्धन सम्वन्धि १ वर्षको कार्यअनुभव भएको हुनपर्नेछ ।
. आधारभुत कम्प्युटर सम्वन्धि ज्ञान भएको ।
दरखास्त पेश गर्ने ः
आवेदकले आफ्नो आवेदन पत्र, वैयक्तिक विवरण सहित आवश्यक शैक्षिक योग्यताका प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र, कार्यअनुभव र तालिम प्रमाणपत्रका प्रतिलिपीहरु संस्थाको कार्यालयमा मिति २०७९ असोज २५ गते कार्यालय समय सम्म पेश गर्नुपर्नेछ । आवेदनहरु dbsvacancy@gmail.com मा पनि पेश गर्न सकिनेछ । म्याद नाघि आएका आवेदनहरु छनौट प्रक्रियामा समावेश गरिनेछैनन् । पदपुर्ति समितिले पूर्ण वा आंशिक कुनैपनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफुमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा अन्तरवार्ता प्रक्रियामा समावेश गरीनेछ ।
नोट ः वल्र्ड भिजन इन्टरनेसनल नेपाल र दिगो विकास समाजले सकारात्मक विभेदीकरण निति अवलम्वन गर्ने भएकाले महिला, दलित, जनजाती, सीमान्तकृत तथा स्थानियलाई प्राथमिकता दिइनेछ ।
संयोजक
पदपुर्ती समिति
दिगो विकास समाज, भजनी कैलाली